गोरखा राज्यको बिस्तार
राजा द्रब्य शाहले स्थापना गरेको गोरखा राज्यको भूभाग ९हाल सम्बत २०७७० कायम रहेको गोरखा लिल्लाको एकतिहाई जति थियो । उनका छोरा पूर्ण शाह र नातिहरु छत्रशाह तथा रामशाहको शासनकालमा गोरखा राज्य फैलिदै पूर्वमा त्रिशुलीको साँध लाग्न पुगेको थियो भने पश्चिममा चेपे मस्याङ्दी उत्तरमा रुई भोट र दक्षिणमा महाभारत पर्वत सम्म ष्पुगेको थियो । डम्बर शाह कृष्ण शाह रुद्र शाह पृथ्वीपति शाहको समयमा रामशाहको समयको गोरखलाई थप्ने र छिमेकीहरुसँगको सम्बन्ध बलियो बनाउने कामहरु भए । पृथ्वीपति शाहको नाति नरभूपाल शाहको समयमा त्रिशुली तर्ने प्रयास सफल हुन सकेन । नरभूपालका छोरा पृथ्बीनारायण शाहले नुवाकोट बाटो हुदै नेपाल आफ्नै जीवन कालमा एकिकरण गरेर पूर्वमा मेची सम्मको सिमाना लगाए । पछि राजेन्द्र लक्ष्मी र बहादुर शाहको नायबीकालमा नेपालको सिमाना टिष्टा देखी सतलज सम्म पुग्यो ।