माथिल्लो दरबार क्षेत्र
राजा द्रब्यशाहदेखि राजा नरभूपाल शाह सम्मका दश पुस्ता गोरखाली राजाहरुको मूल निवासस्थानको रुपमा रहेको गोरखाको माथिल्लो दरबारमा जन्मेका राजा पृथ्वी नारायण शाहको २२ बर्ष सम्मको उमेर यहिं बितेको हो । गुरू गोरखनाथको गुफा र धुनिपाटी, कालिका भगवतीको मन्दिर९स्थानीय बोलिचालीमा कालिकाको दरबार नै भनिने०, चौघेरा दरबार, श्रीविद्ध्या मन्दिर, पशुपतिनाथ, पण्दितपाटी,शितलपाटी, दमाईंपाटी, हनुमानथान,गणेशथान आदि प्राचिन स्मारकहरू माथिल्लो दरबार क्षेत्रमा रहेका छन । सबै गोरखाली राजाहरुले यहिंबाट शासन सञ्चालन गरेका थिए । २०७२ सालको भुकम्पपछि पुनर्निर्माण भएको दरबार राजा रामशाहको शासनकालमा बनेको थियो ।