कला
हाल सम्म प्राप्त प्रमाणहरुको आधारमा गोरखा दरबार क्षेत्रको कलाको इतिहास प्राचिनकाल सम्म पुग्न सकिन्छ । यो लगभग १४ सय बर्ष जति पुरानो छ । गोरखा दरबारको हनुमान भन्ज्याङ्गमा रहेको उमामहेश्वरको प्रस्तर मूर्तिफलक र गोरखा दरबार सङ्ग्रहालयमा प्रदर्शनीमा राखिएको प्रस्तर चैत्यहरु यसको महत्वपूर्ण नमूनाहरु हुन । यसवाट प्राचिन कालमा ९१४ सय वर्ष अघि० नै गोरखामा लिच्छविकालको बिकास भएको देखिन्छ