जातजातिहरु
ऐतिहासिक गोरखा राज्यमा ब्राहमण, क्षेत्री, मगर, घले, गुरुङ, नेवार, कुम्हाल, माझी, दरै, दमाई, गाइने, कामी, सार्की, बराम, तामाङ, भोपालामा, चेपाङ र कुसुण्डा जस्ता जातिहरुको बसोबास रहेको थियो । गोरखा राज्यको स्थापना र बिस्तारमा यि जातजातिहरुको कुनै न कनै प्रकारको भूमिका तथा योगदान रहेको थियो ।