तल्लो दरबार क्षेत्र
गोरखा जिल्लाको सदरमुकाम पोखरीथोक गोरखामा अवस्थित प्रसिध्द चौघराशैलीको तल्लो दरबार, रानीपोखरी, रामेश्वर महादेवको मन्दिर, पृथ्वीपति शाहको शालिक र अभिलेख सहितको प्रस्तर स्तम्भ, बिष्णुपाञ्चायन मन्दिर,गणेश मन्दिर आदि जस्ता प्राचिन स्मारकहरु तल्लो दरबार क्षेत्र मा रहेका छन । सन १८३९ मा राजा राजेन्द्र विक्रम शाहको शासनकालमा बनाउन लगाइएको यस दरबारलाई राणाकालमा जिल्लाको प्रमुख प्शासनिक अड्डाको रुपमा प्रयोग गरिएको थियो। उक्त कालमा अत्यन्त जीर्णं भएको यो दरबारलाई पुरातत्व बिभाग अन्तरगत गोरखा दरबार क्षेत्र संरक्षण परियोजनाले संवत २०४२ सालपछि जर्णोंध्दार गरेको थियो । तल्लो दरबार क्षेत्रमा रहेको ४ तल्ले परम्परागत चौघराशैलीको दरबारमा गोरखा दरबार संग्रहालय स्थापना गरिएको छ ।