नेपालको पुनःएकिकरण
प्राचीनकालमा हालको आसाम देखि कुमाउँ बिचको भूभागमा नेपाल रहेको थियो । पछि त्यो छिन्न भिन्न भयो । राजा मानदेवले त्यसलाई पुनः बलियो पारे । पूर्वमध्यकालमा त्यो बिशाल नेपाल भक्तपुर, सिंजा र सिम्रनौगढ गरी तिन वटा केन्द्र अन्तर्गत रहे । उत्तर मध्यकालमा यि तिनवटा केन्द्रहरु पनि बिघटन भई ५० वटा बढि रजौटाहरु देखिन थाले ।यस्तोमा राजा प्रताप मल्ल र मुकुन्दसेन ले एकिकरणको प्रयासहरु गरेको भएपनि परिणाम निस्कने गरी पुनः एकिकरणको अभियानको नेतृत्व गोरखाको राजा पृथ्वीनारायण शाहले गरे । उनले शुरु गरेको पुनर्एकिकरण अभियानले ५० भन्दा बढी ससाना रजौटाहरूलाई एकिकरण गरी अधुनिक नेपाललाई संगठित गरेको हो । संवत १८०१ ९सन १७४४० मा नुवाकोट विजय गरी थालनी भएको अभियानले संवत१८२५९सन १७६९० मा काठमाण्डौं उपत्यका एकिकरण गरेपछि थप गति लिएको थियो । नेपाल उपत्यका विजय पश्चात पृथ्वी नारायण शाहले काठमाण्डौंलाइ देशको राजधानी बनाई आफ्नो अभियानलाइ जारी राखे । संवत १८३१ ९सन १७७५० मा पृथ्वी नारायण शाहको निधन पश्चात उनको उत्तराधिकारीहरूले एकिकरण अभियानलाइ निरन्तरता दिए ।
उनको जीवनकालको अधुरो कार्यभारको नेतृत्व राजेन्द्र लक्ष्मी र बहादुर शाहले गरे । यस अभियानमा गोरखालीहरुले धेरै लडाईहरु लड्नु पर्यो । त्यस मध्ये मकवानपुरको लडाई, सिन्धुलीगढीको लडाई र भोटसंगको लडाई बिशेष रहे ।