NOTICE
संग्रहालय प्रमुख
जय नारायण कार्की
फाे.नं. ९८५६०४३१४५
हाम्रो बारेमा
आधुनिक नेपालको निर्माण गर्ने अभियानका नेतृत्वकर्ता राजा पृथ्वीनारायण शाहको जन्मस्थान, गुरु गोरखनाथको तपोभूमी र भगवती महाकालीको पीठ भएको कारणले गोरखाको बिशेष ऐतिहासिक महत्व रहेको छ । यस्तो ऐतिहासिक महत्व बोकेको गोरखा दरबार संरक्षित स्मारक क्षेत्र भित्र माथिल्लो दरबार क्षेत्र र तल्लो दरबार क्षेत्र गरी २ दरबार खण्डहरु रहेका छन् । महत्वपूर्ण प्राचिन स्मारकहरुको अतिरिक्त माथिल्लो दरबार क्षेत्रमा कम्तिमा ३०० वर्ष भन्दा पुरानो साँस्कृतिक परम्पराहरु हाल सम्म पनि जीवन्त रुपमा संरक्षित छन् भने तल्लो दरबार क्षेत्रको चौघेरा दरबारमा तत्कालिन गोरखा राज्यको इतिहास र संस्कृतिका बिभिन्न पक्षहरुलाई उजागर गर्ने उद्देश्यले सङ्ग्रहालय संचालनमा रहेको छ ।

















