पूजा परम्परा
गोरखा राज्यको स्थापनाकालदेखि सञ्चालित धार्मिक सांस्कृतिक महत्वका पूजा परम्परा हरु अद्यपी कायमै छन् । त्यसबेला देखि अहिले सम्म यथावत रुपमा संचालन हुदै आएका धार्मिक सांस्कृतिक परम्पराहरु भगवती महाकाली,सिध्द गुरु गोरखनाथ, तल्लोकोट माथिल्लोकोट पशुपति गुह्यश्वरी, हनुमानथान,चण्डीथान, सिध्दपाईला लगायतका कयौं स्थानमा नित्य नैमित्य पूजा
संञ्चालन गोरखा दरवार हेरचाह अड्डा मार्फत हुने गरेको छ । तल्ला दरबारको भगवतीको पर्व पूजा दरबार संग्रहालयबाट हुने गरेको छ । त्यसै गरी पोखरीथोक नारायण र महादेव मन्दिरको नित्य र पर्व पूजा परम्परागत रुपमा अर्ज्यालहरुले गर्दै अएको भएपनि पछिल्लो समय गोरक्षनाथ वैदिक गुरुकूलबाट सञ्चालन हुंदै आएको छ । नित्यपूजाको अतिरिक्त वर्षभरी संञ्चालन हुने
प्रमुख पर्व पूजाहरु यस प्रकार छनः
बडादशैँ
बडादशैँको नवरात्र भर भिन्न–भिन्न दिनका लागि भिन्न–भिन्न संख्यामा तोकिएका पशुवलिका साथ पूजार्चना गरी यो पर्वपूजा सम्पन्न गरिन्छ । वडादशैँ पर्व घटस्थापनाका दिनदेखि शुरु हुन्छ र पूर्णिंमाका दिन शुभ साईतमा कन्याकोठावाट भगवतीलाई कैलाश कोठामा सवारी गराएपछिसकिन्छ ।
चैत्रदशैं
चैत्रदशैँको अष्टमीका दिन शुभ साईतमा कैलाशकोठाबाट भगवतीलाई पूजाकोठामा सवारी गराईन्छ ।रंगमहल अगाडीको भागमा ध्वजापतका सहिको आलम उठाउने कार्य गरी भित्र कालीको पूजा शुरु गरीन्छ ।यसपछि सरकारी वलिपूजा गरेर आमजनता तर्फको वलिपूजा गरिन्छ । यो कार्य समाप्त भएपछि पुन सरकारी वलि पूजा गरी पूजा विर्सजन गरेर भगवतीलाई पूजाकोठाबाट कैलाशकोठामा सवारी गराईन्छ ।
जलधारा पूजा
वैशाख शुक्ल पञ्चमीका दिन रानीपोखरी नेर रहेको रामेश्वर महादेव मन्दिरमा ५ जना व्राम्हणले लघुरुद्री पाठ गरी वाजा गाजा सहित पानीको आह्वान गरी महादेवको पूजा गरिन्छ ।
लाखपाती पूजा
वैशाखशुक्ल दशमीका दिन धर्मावती नदिको किनारमा रुद्री र सप्तशती चण्डी पाठ गरी एकलाख पच्चीस हजार सवालाख०पीपलका पातहरुमा गाईको दुधले महामन्त्र लेखी नदीमा बगाउने कार्य गरिन्छ ।
साउने सक्रान्तीः
बर्षतको समयमा छाला सम्बन्धी रोग घाउ,खटिरा,लुतो,आउन सक्ने हुनाले यस्तो रोग नलागोस भनेर परम्परा अनुसार काग भलायो, कुकुरडाईनो, कुरीलो,लुतेझार, पानी अमला, कागती, नासपाती आदि राखेर पूजा गर्ने परम्परा अनुसार धुमधाम संग मनाईन्छ ।
च०कृष्ण अष्टमी
गोरखा वजारका कृष्ण चौधरी परिवारका कृष्णलाई रथमा राखी वाजागाजा आरती सहित कालीका मन्दिरमा ल्याउने परम्परा छ । यो कार्य गर्नका लागी तोकीएको पुजारीलाई कृष्ण चौधरी भन्ने प्रचलन रही आएको छ । दरवार कालीका मन्दिर अगाडी ल्याई कालिकका पूजारीले रथमा कृष्णको पूजा गरे पछि गोरखा दरवार हेरचाह अड्डावाट भेटी प्रदान गरे पछि पुन रथलाई वाजागाजाका साथ वजारमा फर्काउने प्रचलन छ
नागपञ्चमी
गोरखकाली मन्दिरका पूजारीहरुबाट विधिपूर्वक घृतधारा सहित पूजा गरी वाजागाजाका साथ दरवारको ढोकामा नागको चित्र टाँसिन्छ ।
कुशेऔंसी
कालिका मन्दिरका भट्टराई थरका पूजारीबाट बाजागाजाका साथ कुशपूजा गरी दरबारमा चढाईन्छ।
जनै पूर्णिमा
गोरखकालिकाका पूजारीबाट विधिपूर्वक रक्षासुत्र र जनै मन्त्रणा गरी बाजागाजा सहित दरबार भित्र रहेको गद्दिमा रक्षासुत्र र जनै चढाउने गरिन्छ ।
साउने भण्डाराः
श्रावण शुक्ल प्रतिपदा देखि चौथी सम्म चार दिन गोरखनाथको पूजासंगै काल भैरव समेतको पूजा गरी सुन्दरनाथ जोगीका सन्तान र अन्यलाई भण्डारा खुवाईन्छ । प्रत्येक दिन भण्डारा तयार भए पछि दरबारका कटुवालले सुन्दरनाथका सन्तान, खरदार, सुब्बा अदिलाई भण्डारा खान बोलाउने परम्परा छ । भण्डारा खुवाई कालभैरवको पूजा गरी यो पर्व मनाईन्छ ।
चण्डी पूर्णिमा पूजाः
चण्डी पूर्णिंमाका दिन हनुमान भञ्ज्याङ माथिको चण्डी थानमा बाजागाजा सहित सुंगुर, भेडा, बोका कुखुराको बली सहितको पूजा हुन्छ । यसैगरी वज्रभैरवमा पनि वलि सहित पूजा हुन्छ । उपल्लोकोटमा गोरखनाथको योगी पूजारीबाट पुजा हुन्छ ।
शिवरात्री पर्व
यस दिन गोरखनाथ र संगै रहेको पशुपतिमा विशेष पूजा हुन्छ ।
न्वागी
कार्तिक शुक्ल द्वादशीका दिन कालिकाको पूजा गरी नयाँ अन्न चढाईन्छ । यस दिन गोरखनाथ तर्फको पनि पूजा गरी नयाँ अन्न चढाईन्छ ।
अष्टमी पूजाः
राजा गिर्वाणयुध्द विक्रम शाहको पाला देखि रैतिको सुविधाको लागि शास्त्रसम्मत हुनेगरी सञ्चालन गरिएको अष्टमी पूजा विधिवत चालु छ । चैतेदशैँको अष्टमी र वडादशैँको अष्टमी बाहेक हरेक महिनाको २ वटा अष्टमीमा व्राह्मणहरुद्वारा भगवतीको सुसारे समेत भई पूजा पाठ गरिन्छ । सरकारी पूजा सम्पन्न भएपछि सर्वसाधारणको पूजा हुन्छ । टाढा टाढा देखि भक्तजनहरु मन्दिरमा पूजा गर्न जम्मा हुन्छन् । औंसी, एकादशी र शिवरात्रीका दिन वली पूजा हुदैन । पूजा तथा दर्शनका लागि १। विहान ७ वजे देखि वेलुका ५ वजे सम्म ९कार्तिक १६ गते देखि माघ १५ गते सम्म० २।विहान ६ बजे देखि वेलुका ६ बजे सम्म ९माघ १६ गते देखि कार्तिक १५ गते सम्म०
अष्टमीपूजा
कार्तिक १६ देखि माघ १५ सम्म बिहान १० वजे देखि दिनको ४ बजे सम्म माघ १६ गते देखि कार्तिक १५ गते सम्म बिहान १० वजे देखि दिनको ४ बजे सम्म वलि पूजा रोलक्रम अनुसार हुनेगर्दछ ।