संरक्षित स्मारक क्षेत्र
प्राचिन स्मारक संरक्षण ऐन २०१३ को दफा ३ को उपदफा ४ को ब्यवस्था अनुसार मिति २०७३।०७।२२ मा नेपाल राजपत्रमामा प्रकाशित सूचना बमोजिम गोरखा दरबारको सुरक्षा एवम् ऐतिहासिक, पुरातात्विक वातावरणको संरक्षणका लागि गोरखाको माथिल्लो दरबार क्षेत्र र तल्लो दरबार क्षेत्रलाइ चार किल्ला तोकी गोरखा दरबार संरक्षित स्मारक क्षेत्र घोषणा गरिएको हो । यस अनुसार गोरखाको तल्लो र माथिल्लो दुबै दरबार क्षेत्रहरु संरक्षित स्मारक क्षेत्रको रुपमा रहेका छन । गोरखा दरबार क्षेत्र विश्व सम्पदाको संभाब्य सूचीमा रहेको छ ।